काठमाडौ,१८ भदौ ।
भोलि शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाे हो ।
भदौ १९ गते शुक्रबार गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी,२० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा शोक मनाउने र २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
यसअघिको समाचारमा अन्यथा भएकोले सच्याइएकाे छ ।






