काठमाडौँ,१८ भदौ ।
चर्चित गायिका विष्णु माझीले गाएको तीज गीतको भिडिओ सार्वजनिक गरिएको छ ।

यसपटकको तीजका लागि उनको स्वरमा ‘घरबार’ बोलको गीत आएको हो ।

सुरुमा यस गीतको अडिओ मात्रै सार्वजनिक भएको थियो ।

अब भने यसको म्युजिक भिडिओ युट्युबमा हेर्न सकिने भएको हो ।

यो गीत विष्णु माझीको चर्चित तीज गीत एल्बम ‘पुतलीको भट्टी’ भाग २२ का रूपमा आएको हो ।

यस गीतमा पनि सधैँझै महिलाको विवाहित महिलाको पीडा र वेदना प्रस्तुत गरिएको छ ।

गीतमा विष्णुको एकल स्वर सुन्न सकिन्छ। गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीको रचना तथा संगीत छ ।

गीतको भिडिओमा भने सुन्दरमणीसहित ललिता पौडेलको अभिनय देख्न सकिन्छ ।

सुन्दरमणिकै निर्देशनमा बनेको भिडिओका कोरियोग्राफर मौसम हिमाली हुन् ।

गीत सार्वजनिक भएलगत्तै कतिपय दर्शकले त ‘अब बल्ल तीज आयो’ भन्न थालेका छन् ।

युट्युबमा पनि गीतले राम्रो भ्युज पाइरहेको छ ।