काठमाडौं,१४ भदौ ।
रसुवाकाे भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका मध्ये हालसम्म ७ सय ८८ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजे सार्वजनिक गरेको तथ्यांकमा हालसम्म ७ सय ८८ जनाको शव फेला परेको उल्लेख छ ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, चितवनमा २६४ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिम १२० जना गरी ७८८ जनाको शव फेला परेको हो ।
बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने,विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।






