काठमाडौं,१३ भदौ ।
रसुवाकाे भाेटेकाेशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ६६९ पुगेको छ ।

शनिबार दिउँसो ४ बजेसम्म रसुवा बाढीबाट मृत्यु भएका ६६९ जनाको शव फेला परेको नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनामा जनाइएको छ ।

त्यसमध्ये सबैभन्दा बढी २४८ शव चितवनमा फेला परेका हुन् ।

यस्तै,पूर्वी नवलपरासीमा १५८, पश्चिम नवलपरासीमा ७५, धादिङमा ४९, गोरखामा ५४, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव फेला परेका छन् ।

हालसम्म २ हजार ३०१ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, बेपत्ता हुने प्रहरीको संख्या २७ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।