काठमाडौँ,१२ भदौ
पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याइएको छ ।
पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
राजमार्ग खुलेसँगै अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ ।
लेदो पन्छाउने तथा सडक खुलाउने कार्यसँगै शुक्रबार साँझबाट पृथ्वी राजमार्ग सञ्चालनमा आएको हो ।




