काठमाडौँ,१२ भदौ ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २९ जना,नवलपरासी पूर्वमा १ सय १२ जनाको शव फेला परेको छ ।

सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ । खोज तथा उद्धारमा सुरक्षाकर्मीलाई स्थानीयले सहयोग गरिरहेका छन् ।