काठमाडौं,१२ भदौ ।
रसुवा बाढीमा बेपत्ता भएकामध्ये ४७९ जनाको शव भेटिएको छ । विभिन्न आठ जिल्लामा शवहरू भेटिएको हो । सरकारकार प्रवक्ता सस्मित पोखरेलका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा ३३ जना,गोरखामा ४४ जना शव भेटिएको हो ।
त्यस्तै नवलपरासी पूर्वमा ११०, नवलपरासी पश्चिममा २७ जना, तनहुँमा २८ जना, चितवनमा १८८ जनाको शव भेटिएको छ । यो तथ्यांक मध्याह्न १२ बजेसम्मको हो ।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ। चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिँदैछ। पोखरेलले बेपत्ताहरूको खोजीकार्य जारी रहेको पनि बताए । बुधबार रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो ।




