काठमाडौं,१२ भदौ ।
रसुवा बाढीमा परेकामध्ये ४६९ हालसम्म जनाको शव फेला परेको छ ।
शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।
बाढीमा परेर बेपत्ता भएकाहरूकाे खाेजतलास जारी रहेको प्रहरीले जनाएको छ ।




