काठमाडौं,११ भदौ ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेमध्ये हालसम्म ३५९ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको ५ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी चितवनमा १३२ शव फेला परेको छ। अन्य जिल्लाहरूको विवरण यस प्रकार छ:
नवलपरासी (पूर्व): ८२ जना,धादिङ: ३३ जना,गोरखा: ३० जना,नुवाकोट: २८ जना,तनहुँ: २२ जना,रसुवा: १७ जना र नवलपरासी (पश्चिम): १५ जनाको शव फेला परेको छ ।
बाढीमा परी घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



