काठमाडौ,११ भदौ ।
रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ ।




