काठमाडौं,१० भदौ ।
नेपाली काँग्रेसले पार्टीका सबै कार्यक्रम स्थगित गरेर राहत र उद्धारमा लाग्ने निर्णय गरको छ ।
बुधबार बसेको काँग्रेसको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले तय गरेका सबै कार्यक्रम स्थगित गरेर भोटेकोशी बाढी प्रभावितको राहत र उद्धारमा खटिने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिए ।
सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा राहत र उद्धारमा खटिने बताए । त्यस्तै काँग्रेसको विपद व्यवस्थापन उपसमितिलाई पनि बाढी प्रभावित क्षेत्रमा खटाउने पार्टीले निर्णय गरेको छ ।





