काठमाडौँ,१० भदौ ।
तिब्बततर्फबाट रसुवाको त्रिशूली नदीमा आएको बाढीबाट हालसम्म १६ जनाको मृत्यु भएको छ । घटनामा ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रदेश प्रहरीका अनुसार रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ७ महिला र ८ पुरुष रहेका छन् । एक जनाको पहिचान खुलेको छैन । त्यस्तै, रसुवामा १३,नुवाकोटमा १९ र धादिङबाट ३ घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।