काठमाडौँ,२२ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।