काठमाडाैँ,१५ साउन ।
भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २१ शाखा अधिकृतकाे सरुवा गरेकाे छ ।
सीता देवी थापालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । प्रेम राज लुइँटेल र भविन्द्र कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ । सन्ताेष कुमार खत्री र दीपेश कट्टेललाई पनि साेही मन्त्रालयमा सरुवा गरिएकाे छ ।
गौरव पन्थीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रालयले शरद कुमार दाहाललाई जिल्ला समन्वय समितिकाे कार्यालय दाेलखा सरुवा गरेकाे छ । गुलशन भगत चाैरसियालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकाे छ भने साजन अधिकारीलाई सञ्चार तथा सूचना मन्त्रालयमा सरुवा गरिएकाे छ ।
मन्त्रालयले तीन जना शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर गाउँपालिकामा पठाएको छ ।
सुदिप सापकोटालाई शिवपुरी गाउँपालिका नुवाकोटमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा गरिएको छ । खगेन्द्र पौडेललाई ककनी गाउँपालिका नुवाकोट पठाइएको छ भने जयराम उप्रेतीलाई उत्तरगया गाउँपालिका रसुवा पठाइएको छ ।








