बुटवल,९ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं ३ ज्यातिनगर स्थित पहिराेग्रस्त क्षेत्रमा बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय चेतना पासाङ टोल विकास संस्था,क्लब तथा आमा समूहको सहभागीतामा शनिबार बिहान ज्याेतिनगर क्षेत्रमा बृहत बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमकाे शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिका र स्थानीय जनताको सक्रियतामा ज्याेतिनगर क्षेत्रकाे पहिरो केही हदसम्म नियन्त्रण भएको भन्दै आगामी दिनमा जनधनको क्षति हुन नदिन प्रदेश र संघीय सरकारले पनि लगानी गर्नुपर्नेमा जाेड दिए ।
बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले पहिरो नियन्त्रणका लागि उपमहानगरपालिकाले सक्दाे प्रयास गर्दै आएको भन्दै त्यसका लागि स्थानीय जनताकाे सहभागीता महत्त्वपूर्ण रहेको बताइन् ।
साे अवसरमा विभिन्न जातका ३५० बढी बिरुवा राेपिएकाे बुटवल उपमहानगरपालिका वडा नं ३ का वडा सदस्य अमृत खड्काले जानकारी दिए ।
बृक्षाराेपण कार्यक्रममा दुई सय बढी स्थानीय जनताको सहभागीता रहेको वडा सदस्य खड्काले बताए ।






