काठमाडौँ,६ साउन
सरकारले २०८५ भदौ मसान्तसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूलाई विभिन्न छुट दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको प्रस्तावमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ,ल्यान्डिङ तथा न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको हो ।
यस्तै,मन्त्रिपरिषद् बैठकले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको छ ।






