दाङ,६ साउन ।
दाङकाे तुलसीपुरमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुईजनाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई पुरुषको शव फेला परेको हो ।

हाससम्म मृतकको पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । उनीहरूको मृत्यु के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।