काठमाण्डौ,३० असार ।
आज देशका विभिन्न ५ जिल्लामा बाढीको उच्च जोखिम रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा र सुर्खेतसहित आसपासका जिल्लामा भई बहने नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ ।

यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लामा पनि जोखिम रहेको महाशाखाले जनाएको छ । आज अरू विभिन्न जिल्ला पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी पूर्व र पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने स–साना नदीमा पानीको बहाव उल्लेख बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ । यी सबै क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।