काठमाडौं,३० असार ।
आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ बर्षिय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साेमबार राति २ बजे मृत्यु भएको हो ।
विवेकले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर अवस्थामा रहेका विवेकलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।
पहिल्ला केहि दिनमा आत्मदाहको प्रत्यास गरेर मृत्यु हुने मण्डल तेस्रो व्यक्ति हुन् । यसअघि मुगुका गणेश नेपाली र काठमाडौँ बुद्धनगरका आश्विन राउतको पनि जलेर मृत्यु भएको थियो ।







