पाल्पा,२८ असार ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाको रामपुरबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–३ नयाँछाप घर भई हाल रामपुर नगरपालिका–४ खोप्टार बस्ने २२ वर्षीय आकाश पुलामी मगर रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार,आकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






