काठमाडौँ,२८ असार ।
संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै उनिहरूले विरोध प्रदर्शन गरेका हुन् ।
शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएकाे र साँझ जेन्जी अभियन्तालाई पक्राउ गरेपछि आन्दोलनमा उत्रिनुपरेकाे उनीहरूकाे भनाइ छ ।
उनीहरूले जेन्जी अभियन्ताको पक्राउ गैर न्यायिक भएको भन्दै नारा समेत लगाएका छन् ।






