दाङ,२१ असार
दाङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया दिपा थापा रहेकी छिन । उनको चट्याङ्ग लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
घोराही–९ मछाहीमा धान रोपाइँ भइरहेको बेला हिजो बेलुका एक्कासि चट्याङ्ग परेको थियो । चट्याङ्ग लागेर घोराही–२ मर्फेस बस्ने २९ वर्षीया कमला थापा र त्यही ठाउँका ३४ वर्षीय सन्दीप विक घाइते भएका छन् ।
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






