काठमाडौँ,५ असार ।
यस वर्ष सरदरभन्दा ६ दिन ढिलो गरी मनसुन नेपाल भित्रिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोसी प्रदेशका केही भूभागबाट मनसुन नेपाल प्रवेश गरेको छ ।
नेपालको पूर्वी भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ हो । हाल मनसुन कमजोर अवस्थामा रहेको र देशका अन्य भुभागमा विस्तार हुन अझै केही दिन लाग्ने महाशाखाले जानकारी दिएको छ ।






