काठमाडौँ,३१ जेठ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र भाैतिक पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन् । उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन् ।
कालो पहिरनमा सजिएका उनले पोस्टमा पीएम, एचएम, आईएम, लेखेका छन् । अर्थात् प्राइम मिनिस्टर, होम मिनिस्टर र इन्फ्रास्ट्रक्चर मिनिस्टर। अर्थात् उनको दायाँपट्टि भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल छन् भने बायाँतिर भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ छन् ।
हिजो पनि उनले आफ्नो फेसबुक आईडीबाट आफ्नो फेवरेट देशले विश्वकप नखेलेको लेखेका थिए ।
छोटो वाक्य र रहस्यमय अर्थ दिने पोस्ट गर्ने गरेका उनको आजको तीन जना बसेर खिचाइएको पोस्टमा पनि लाइक र कमेन्ट आइरहेका छन् ।






