गुल्मी,१४ जेठ ।
गुल्मीका दुई वडाध्यक्षकाे पद रिक्त भएको छ । उनिहरूले दल परिवर्तन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेपछि वडा अध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएकाे हो ।

मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष रविन्द्र के.सी. र धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष पदमबहादुर बिष्टले दल परिवर्तन गरी रास्वपामा प्रवेश गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचित जनप्रतिनिधिले दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वत: रिक्त हुने व्यवस्था छ ।

सोही कानुनी व्यवस्था अनुसार आयोगले उनीहरूको पद रिक्त भएको निर्णय सार्वजनिक गरेको जनाएको छ ।

निर्वाचन आयोगले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै सम्बन्धित निकायलाई समेत जानकारी गराएको छ ।