नवलपरासी,१२ जेठ ।
क्रान्तिकारी प्रेस संगठन नेपाल केन्द्रीय समितिका पुर्ब उपाध्यक्ष पत्रकार रामकुमार श्रेष्ठका वुवा टेक बहादुर श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

सा्मबार एक कार्यक्रमकाबीच पूर्वी नवलपरासीको पुरानो कावासोतीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपुरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका पिबिएम अशोक लम्साल,पार्टी सिसिएमहरु क्षेत्र बहादुर थापा,रवि पाण्डेयलगायतले स्वर्गीय टेक बहादुरले समाजमा गरेको योगदान बारे चर्चा गरेका थिए ।

७१ बर्षीय टेक बहादुरको यही जेठ ५ गते निधन भएको थियो ।