बुटवल,११ जेठ ।
विद्यालय जीवनको प्रेम सम्बन्धलाई चित्रण गर्दै फर्सु पाण्डेयको दोस्रो सांगीतिक कोसेली सार्वजनिक भएको छ ।
…ए माया तिम्रो साथ पाउन्नर ? बोलको गीत सार्वजनिक गरिएको हो । पाण्डेयकै शब्द तथा संगीत रहेको उक्त गीतमा शान्ति श्री परियार र फर्सु पाण्डेयको स्वर रहेको छ । मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतमा गीता ढुंगाना र फर्सु पाण्डेयको अभिनय देख्न सकिन्छ ।
फर्सु पाण्डेय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले विद्यालय जीवनको प्रेम सम्बन्धलाई मुख्य विषय बनाएको छ । छोटो समयमै दर्शकहरूले गीतलाई रुचाएका छन् । पाण्डेयले अस्मिता सान्नानीबाट सांगीतिक यात्रा सुरु गरेका हुन् । स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा जन्मिएका पाण्डेय हाल काठमाडौंमा रहेर गीत–संगीत क्षेत्रमा सक्रिय छन् । उनले लोक तथा आधुनिक दुवै शैलीका गीतहरू निर्माण गर्दै आएका छन् ।







