काठमाडौँ,८ जेठ
काठमाडौँमा जारी आईसीसी विश्वकप लिग-२ सिरिजअन्तर्गत आज (शुक्रबार) अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले ब्याटिङ गर्ने भएको हो ।

अमेरिकाविरुद्धको खेलमा अघिल्लो खेल खेलेको नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन ।

प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्धको खेलमा पनि स्कटल्यान्डसँग प्रतिस्पर्धा गरेका खेलाडी नै मैदान उतारेका हुन् ।

नेपाली टोली

कुशल भुर्तेल, आशिफ शेख, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी