काठमाण्डौ,७ जेठ ।
पछिल्लो समय देशका तराई र पहाडी भेगमा गर्मी बढेको छ । केही ठाउँमा भने पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
तराई क्षेत्रमा भने तापक्रम बढ्दो छ । धनगढी, दिपायल र नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । आज र भोलि पनि गर्मी बढ्ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै ठाउँहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू(भागका एक, दुई ठाउँमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा तापक्रम बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलिको मौसम पनि यस्तै हुनेछ ।






