काठमाडौँ,६ जेठ ।
श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित साे पार्टीका अन्य सांसदहरूले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेहि बनाउन माग गर्दै प्रतिनिधि सभामा प्लेकार्ड प्रदर्शन गरेका हुन् ।
मंगलबारको प्रतिनिधि सभाको बैठक शुरु हुनै लाग्दा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउनुपर्छ र प्रश्न देखि भाग्न पाइदैन भन्ने लेखिएको प्लेकार्ड देखाएर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
उनले यसअघि पनि यस्तै पर्चा देखाएर विरोध गरेपछि सभामुख डिपी अर्यालले संसदमा प्लेकार्ड देखाएर विरोध गर्न नपाइने भन्दै सचेत गराएका थिए । सभामुखले नियमित रुपमा संसदमा मर्यादा विपरित प्लेकार्ड देखाएको भन्दै व्यवहार सुधार गर्न चेतावनी दिएका छन् ।






