बुटवल,५ जेठ ।
गृह मन्त्रालयले ६ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । सरुवामा रूपन्देहीसहित ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे, रुपन्देहीमा विश्वप्रकाश अर्याललाई प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा सरुवा गरिएको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव माधवप्रसाद पोखरेललाई दिइएको छ । पोखरेल यसअघि रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी थिए ।
त्यस्तै,रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीमा उपसचिव निशानराज गौतमलाई खटाइएको छ ।






