काठमाडौँ,४ जेठ ।
हर्कराज साम्पाङ नेतृत्त्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीको विरोध गरेको छ ।

सोमबार बसेकाे प्रतिनिधिसभा सुरु हुनासाथ श्रम संस्कृति पार्टीले प्ले कार्डसहित सभामुखको अगाडि गएर विरोध गरेको हो ।

श्रम संस्कृति पार्टीका संसदीय दलका नेतासमेत रहेका राईसहितका सांसदले छातीमा प्लेकार्ड राखेर विरोध गरेका हुन् ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नदेखि भाग्न नपाउने लगायतका माग अघि सारेको छ ।

सभामुख डोलप्रसाद अर्यालले भने त्यसो नगर्न निर्देशन दिएका छन् । पर्चा देखाएर विरोध गर्ने श्रम संस्कृति पार्टीको शैली मर्यादित नभएको बताए ।