काठमाडौं,३० वैशाख ।
प्रतिनिधि सभा बाट सरकारको आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम आजै पारित गर्ने सम्भावित कार्यसुचि रहेको छ ।
आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको आज जवाफ दिने र आजै पारित गर्ने तयारी छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा प्रस्तुत गरेका थिए ।
त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री बालेन शाहले जवाफ दिने, सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
हिजोको बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।





