काठमाडौं,२८ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
साेमबार अपरान्ह संघीय संसद संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रममा राजश्व प्रणालीमा परिवर्तन गर्ने, प्रविधि मैत्री सरकार सेवा बनाउने र वर्तमान करका दर परिवर्तन गर्ने उल्लेख गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग निर्माणको लगानी मोडालिटीबारे अध्ययन गर्ने बताएका छन् ।
संघीय संसद्को दुवै सदनमा आगामी आर्थिक बर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । नीति तथा कार्यक्रममा पूर्वपश्चिम रेलमार्गको निर्माणलाई तिव्रता दिइने समेत उल्लेख छ ।
यो प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो नीति तथा कार्यक्रम रहेको छ ।





