काठमाडौं,२८ बैशाख ।
विपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले अवरोध हटाएर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए ।
बैठक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले विपक्षी दललाई बोल्न समय दिएका थिए । सभामुखले बोल्न समय दिएपछि बैठक सुचारु भएको छ ।
आज संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।





