काठमाडौ,२८ वैशाख ।
सरकारको आगामी आर्थिक बर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषदले पारित गरेको छ । आज अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा सरकारकाे नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

त्यसअघि प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बोलाएका थिए ।

बैठकले राष्ट्रपतिको सम्बोधन स्वीकृत गर्ने एकमात्र निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रम संसदबाट पास भएपछि जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ ।