काठमाडौं,२६ बैशाख ।
आज शनिबार राति सुदूरपश्चिमसहित तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कोशी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार र सोमबार पनि पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ ।