काठमाडौँ,२३ बैशाख ।
नेपाली काँग्रेसका सभापति गगन थापाले सरकारले संबैधानिक परिषदसम्बन्धि अध्यादेश प्रति आपत्ति जनाएका छन् ।
बुधबार काँग्रेस संसदीय दलको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिदै संबैधानिक परिषदसम्बन्धि अध्यादेशमा जालझेल गरिएको र त्यसमा कांग्रेसको आपत्ति रहेको बताएका हुन् । यसअघि पनि यस्तै गरिएको र त्यति बेला पनि आफुहरुले विरोध गरेको स्मरण गराए । अहिले पनि सोहि कुरा दोहोरिएको बताउदै उनलेे त्यस बिषयमा आफुहरुले संसदमा कुरा उठाउने बताए ।
उनले सरकारले संबिधानको मर्म विपरित परिषदमा हेरफेर गरिएको बताउदै यो काँग्रेसलाई स्वीकार्य नहुने बताए । सरकारले कुनै बिधि नबनाएको र पहिला जस्तै आफुले चाहेको व्यक्ति नियुक्त गर्न आध्यादेश ल्याएको उनको आरोप छ ।
साथै उनले सुकुम्बासी बस्ति हटाएकोप्रति आपत्ति जनाउदै अपराधीलाई जस्तो व्यबहार गरिएको प्रतिक्रिया दिए । विकल्प बारे कुनै तयारी नगरेर सरकारले निर्मम र क्रुरता अपनाएको भन्दै यस्तो कुरा नेपालको व्यवस्था र संबिधानले कल्पना नगरेको जिकिर गरे । आफुहरुले विगतमा नदी किनारका बस्ति हटाउन कानुन प्रस्ताव गरेको उल्लेख गर्दै थापाले आफुहरुलाई भोट बैंक बचाएको आरोप लगाइएकोमा अपात्ति जनाए ।
उनले सुकुम्बासीहरु काँग्रेसका भोट बैंक नभएको तर उनीहरु राज्यका नागरिक भएकोले उनीहरुमाथि हुने व्यबहार नागरिकको सरह हुनुपर्ने काँग्रेसको धारणा रहेको उल्लेख गरे ।
सभापति थापाले सरकारले सुशासनको पक्षमा चालेका कदम र लिपुलेक बारे भारत र चीनलाई पठाएको कुटनीतिक नोटमा समर्थन गरेको तर गलत कदमको निरन्तर विरोध गर्ने बताए ।








