बुटवल,१ बैशाख ।
कपिलवस्तुसहित तीन जिल्लाका सशस्त्र प्रहरी बलका तीन जना उपरीक्षक (एसपी) लाई सचेत गराइएको छ ।
सशस्त्र प्रहरी वल प्रधान कार्यालयले कपिलवस्तु, कैलाली र धनुषा जिल्लाका एसपीलाई सचेत गराएर पठाएको हो ।
उनिहरूलाई सशस्त्र प्रहरी वलकाे प्रधान कार्यालय बोलाएर सचेत गराएर पठाइएको जनाइएको छ ।
कपिलवस्तुका एसपी गोपाल अधिकारी, कैलालीका खुम केसी र धनुषाका एसपी भीम विष्टलाई सचेत गराएर पठाइएको सशस्त्र प्रहरी वल प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।
कैलाली र कपिलवस्तुमा सशस्त्र प्रहरीसँग स्थानीय समूहको लफडा परेको थियो । जसमा कमाण्ड कन्ट्रोलमा कमजोरी गरेको भन्दै उनीहरूलाई सचेत गराएर पठाइएको हो ।
धनुषाका एसपी मातहतका कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लागेको छ ।
उनिहरूलाई आगामी दिनमा यस्ता कमजोरी नसुधारे कारबाही गर्ने हेडक्वाटरको चेतावनी छ । त्यस्तै उनिहरूलाई बोर्डरमा राजस्व चुहावट नियतन्त्रणमा समेत प्रभावकारी काम गर्न निर्देशन समेत दिइएको छ । तत्काल सुधार नदेखिए फिर्ता बोलाउने हेडक्वाटरले चेतावनी दिएको छ ।






