काठमाडौँ,२७ चैत ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी विजयी भएकी छन् ।
रुबी कुमारीलाई प्रतिनिधि सभाको उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको पक्षमा २२९ परेको छ । त्यस्तै विपक्षमा २२ मत परेको छ भने तटस्थमा २२ मत परेको थियो । मतदानमा २५६ सांसद सहभागी भएकाे संसद सचिवालयले जनाएको छ ।








