काठमाडौ,२५ चैत ।
प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री डा. महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् ।
बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेे नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका हुन् ।
‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो । त्यो बेलादेखि सुरु भएको हो ।’
राणा शासन अन्त्य भयो, प्रजातन्त्र, गणतन्त्र आउँदा समेत यस्तो प्रवृति रहेको भन्दै उनले यस्तो भइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू बच्नुपर्ने उनको आग्रह छ ।








