काठमाडौँ,२२ चैत ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
विभागका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भई रहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई मेघगर्जन/चट्याङ्ग/ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ,पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।








