काठमाडौं,१७ चैत ।
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले मंगलबार बिहान रिजाललाई काठमाडौँको सुविधानगरबाट पक्राउ परेको हो ।
उनीमाथि भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ । गौरीबहादुर कार्की आयोगले रिजाललाई कारवाहीको सिफारिस गरेको थियो । आयोगकै सिफारिस अनुसार प्रहरीले यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ ।








