काठमाडौँ,१६ चैत ।
सरकारले संसदको अधिवेशन चैत्र १९ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन चैत्र १९ गतेदेखि आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

संसदको अधिवेशन आह्वान भएसँगै सभामुख,उपसभामुख चयनकाे प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।