काठमाडौँ,१६ चैत ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्चले लेखकलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई आदेश दिएको छ ।

लेखकका तर्फवाट श्रीमती यशोदा लेखकले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । गत २३ र २४ भदौको घटनामा छानबिनका लागि भन्दै प्रहरीले शनिबार लेखकलाई पक्राउ गरेको थियो । त्यसविरुद्ध परिवारले सर्वोच्चमा गैरकानुनी रुपमा थुनामा राखेको भन्दै निवेदन दिएको थियो ।