काठमाडौं,१४ चैत ।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा शनिबार बिहानै उनिहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ओली र लेखकलाई काठमाडौं जिल्ला प्रहरी परिस ल्याइँएकाे काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
यसअघि ठूलो संख्यामा प्रहरी गुण्डु पुगेपछि अध्यक्ष ओलीले दुई वरिष्ठ अधिवक्तालाई निवासमा बोलाएका थिए ।
वरिष्ठ अधिवक्ता रमेश बडाल र टिकाराम भट्टराईलाई उनले बोलाएका थिए ।
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रहरी एकाबिहानै जरूरी पुर्जीसहित गिरफ्तार गर्न आएको बताइन् ।
एमालेका नेता कार्यकर्ताले प्रहरीलाई निवासभित्र प्रवेश गर्न अवरोध गरेका थिए । त्यस क्रममा केहिबेर धकेलाधकेलसमेत भएको थियो ।
धकेलाधकेलका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको एमालेका कार्यकर्ताले बताएका छन् ।
त्यस्तै पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट शनिबार बिहान पक्राउ गरेको हो ।
उनलाई मन्त्रिपरिषद्को निर्णयसहित अत्यन्त जरुरी पुर्जी दिएर पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका गृहमन्त्री रहेका लेखकले सोहि दिन राति राजीनामा दिएका दिएका थिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । लगत्तै गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुखसँग छलफल गरेका थिए ।
गत भदौ २३ गते जेनजी आन्दोलनको क्रममा तत्कालीन सरकारको लापरवाही,हेरचेक्र्याइँका कारण १९ जना नवयुवाको ज्यान गएको जाँचबुझ आयोगको निष्कर्ष थियो ।






