काठमाडौँ,१२ चैत ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले नवनिर्वाचित सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् ।

संसदका ज्येष्ठ सदस्य केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथका लागि सांसदहरू विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिएका छन् ।