बुटवल,१२ चैत ।
लाङटाङ ओभरसिज प्रा.लि.काे दाेस्राे शाखा बुटवलमा शुभारम्भ भएको छ ।
शाखा कार्यालयकाे बिहीबार बुटवलको पाल्पा राेडमा एक कार्यक्रमकाबीच प्रा.लि.का अध्यक्ष राजु लामाले शुभारम्भ गरेका हुन् ।
गतबर्ष पाेखरामा पहिलो शाखा कार्यालय स्थापना गरेको लाङटाङले त्यसको सफलता स्वरूप बुटवलमा दाेस्राे शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौंकाे वसुन्धरामा मुख्य कार्यालय रहेको ओभरसिजले मलेसिया र युरोपका देशमा राेजगारीमा पठाउँदै आएको प्रा.लि. का म्यानेजिङ डाइरेक्टर ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
अदक्ष कामदार बैदेशीक राेजगारीमा जादा भने अनुसारको काम र पारिश्रमिक नपाइने समस्या हुने भएकोले जुन देशमा जाने हो साे देशको भाषा र काम अनुसारको सीप सिकाएर पठाउने गरेको उनलेे बताए ।
पाेखरा शाखाको सफलतापछि यस क्षेत्रकाे जनघनत्व र मागलाई मध्यनजर गरि बुटवलमा दाेस्राे शाखा सञ्चालनमा ल्याएको म्यानेजिङ डाइरेक्टर कार्कीले बताए ।
दक्ष कामदारका लागि काम पाउँन सहज हुने र पारिश्रमिक समेत राम्रो पाइने भएकोले आफुहरूले विभिन्न देशका भाषा तथा सीप विकास सम्बन्धि तालिम केन्द्र समेत सञ्चालन गर्दै आएको उनलेे बताए ।
बुटवलमा शाखा कार्यालय सञ्चालनमा आएसँगै वैदेशिक राेजगारीमा जान चाहनेहरूलाई अब राजधानी काठमाडौं जानुपर्ने बाध्यता हट्ने बुटवल शाखा कार्यालय प्रमुख विरेन्द्र अस्लामीकाे भनाइ छ ।
वैदेशिक राेजगारीमा जान चाहनेहरूलाई आवेदन,अन्तर्वार्ता,भिसा प्रक्रियाका लागि अब काठमाडौ जान नपर्ने उनलेे बताए ।






