बुटवल,११ चैत ।
बुटवलमा जारी ‘बुटवल महामेला’मा दर्शकहरूकाे सहभागीता बढ्दै जान थालेको छ ।

फर्वाड नेपाल मल्टिप्रपोज कम्पनीको आयोजनामा चैत १ गतेदेखि सुरू भएको मेलाकाे ११ औं दिन बुधबार पशुपति शर्मा,शान्तिश्री परियारलगायतका कलाकारहरूकाे प्रस्तुति हुने भएपछि दर्शकहरूकाे उल्लेख्य सहभागीता रहेको थियो ।

बुटवल–११ स्थित देवीनगर रंगशालामा आयोजित मेलामा बिहीबार दुर्गेश थापाको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।

बिहीबार चैते दशैकाे सार्वजनिक बिदा समेत भएकोले दर्शकहरूकाे उल्लेख्य सहभागीता रहने आयोजककाे विश्वास छ ।

दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहेकाे मेलामा जलपरी, कपल डान्स, बुज खलिफामा दर्शकको आकर्षण देखिएको छ ।

लुम्बिनीको प्रतिमासहितको सचिवालय निर्माण गरिएको मेलालाई थप आकर्षक बनाउन टिकटक प्रतियोगिता तथा डान्स प्रतियोगिता समेत आयोजना गरिएको कम्पनीका अध्यक्ष गोविन्द भुषालले जानकारी दिए ।

मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।