बुटवल,११ चैत ।
बुटवलमा सहकारीका व्यवस्थापकहरुका लागि एक दिने राष्ट्रिय सहकारी नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षणको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा नगर प्रमुख पाण्डेयले सहकारी सञ्चालक तथा व्यवस्थापकहरुमा सहकारी सञ्चालन सम्बन्धि प्रचलित नियम कानुनको बारेमा जानकारी हुन जरुरी रहेको भन्दै नियम कानुनको पालना गरेका सहकारीहरु समस्यामा पर्ने सम्भावना कम हुने भएकोले प्रचलित नियम कानुनको पालना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै जो जुन पेशा व्यवसायमा संलग्न छ त्यसको काम कर्तव्य र अधिकारबारे ज्ञान हुनु जरुरी रहेको भन्दै प्रचलित ऐन नियमको बारेमा अध्ययन गर्न आग्रह गरिन् ।

सो अवसरमा बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनाल,सहकारी अभियान्ता नारायण बेलबासेले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता र नयाँ सहकारी ऐन नियम बारे प्रशिक्षण दिएका थिए ।